सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० भदौ २९ गते शुक्रवारको राशिफल

२०८० भदौ २९ गते शुक्रवार, १५ सेप्टेम्बर २०२३ । भाद्र कृष्णपक्ष औँसी तिथि, प्रातः ६ः२२ बजेपछि प्रतिपदा । उत्तरफाल्गुनी नक्षत्र । चन्द्रराशि सिंह, १२ः०४ बजेपछि कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कामको मेसो नमिल्दा केही अलमल हुनेछ । समयमा गम्भीर नबन्दा पनि दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । दिउँसोदेखि पहिलेका बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ । प्रतिस्पर्धाको दौडमा अग्रता हासिल हुनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । प्रतिपक्षीहरूसमेत सहयोगीका रूपमा देखा पर्नेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । लेनदेन सम्बन्धी हिसाबमा होसियार रहनुहोला । अग्रजहरूको सहयोगले केही काम गर्न सकिनेछ । तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ । दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला । व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ । अनायासै साथीभाइ टाढिनाले एक्लोपना अनुभूति हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । वादविवाद वा खर्च हुने डरले सताउन सक्छ । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ने समय छ । दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर नाम, दाम र प्रतिष्ठा हातपार्न सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बिछोडिएका आफन्त पनि नजिकिनेछन् । अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले उपलब्धि दिलाउनेछ । दिउँसोदेखि आयमूलक कामतर्फ मन जानेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ कामको योजना थाल्ने समय आएको छ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । कामको राम्रै मूल्यांकन हुनेछ । तर प्रतिफल हातपार्न समय लाग्नेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ । दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ । लगानीतर्फ लागत बढ्नेछ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । यात्राको प्रक्रियामा समय बित्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सानातिना काममै अल्झनुपर्दा लक्ष्यमा पुग्न समय लाग्नेछ । हिसाबकिताबमा होसियार रहनुहोला । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । रोकिएको काम बन्नेछ र मनग्य आम्दानी हुनेछ । पछिका लागि सम्भावना खोजी गर्ने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अस्वस्थताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् । दिउँसोदेखि नयाँ काम थालनी गर्ने अवसर जुट्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ । मिहिनेत गर्दा चाँडै लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ । तारिफयोग्य काम गर्दै दाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूका लागि श्रम र समय खर्चनुपर्ला । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । तापनि व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन् । दिउँसोदेखि भने काम देखाएर उपलब्धि हातपार्न सकिनेछ । आम्दानी बढ्नेछ । तारिफयोग्य कामले लोकप्रियता बढाउनेछ । नयाँ व्यवसाय थालनी हुन सक्छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । चोटपटकको योग देखिएकाले सजग रहनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ । दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ०६:३९