२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

बड्का अट्वारीमा बाँकेसहित तीन जिल्लामा सार्वजनिक बिदा

सत्यपाटी
सत्यपाटी । बाँके । २०८० भदौ २८ गते बिहीबार

थारू समुदायको अट्वारी पर्वका अवसरमा  लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी सरकारले एक सूचना जारी गर्दै अट्वारीमा  दाङ, बाँके र बर्दियामा आगामी आइतबार सार्वजनिक बिदा दिएको हो ।

लुम्बिनी प्रदेशका यी ३ जिल्लामा थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने हुँदा थारू बाहुल्य भएका दाङ, बाँके र बर्दियामा बिदा दिएको हो ।

प्रकाशित मिति : २०८० भदौ २८ गते बिहीबार