भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ । वीरबहादुर कुँवर घाइते छन् ।
उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
कैलालीको अत्तरियाबाट डोटीतर्फ गइरहेको अटो रिक्सा बुधवार राति करिब ९ बजे तिर दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । डँडेलधुरा