२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

आफैँ असईको फुली लगाउने ४२ हवल्दार निलम्बित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २८ गते बिहीबार

काठमाडौं महानगरपालिकाले आफैँ असईको फुली लगाउने नगर प्रहरीका ४२ जना हवल्दार निलम्बन गरेको छ।

गत असार २५ मा कामपाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो ।

ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि कामपाले कारबाहीस्वरुप निलम्बन गरेको हो ।

कामपाका अनुसार उनीहरु बढुवा भएर असई नभएको जनाएको छ ।

बुधबार उनीहरुलेअनुशासन विपरीत काम गरेको अभियोगमा सबै हवल्दारहरु निलम्बन गरेको  प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० भदौ २८ गते बिहीबार