सूचनाको शक्ति - The Power Of Information

        

एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दै

एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दैछन् ।

सुपर फोर चरणको खेल भएपनि गणितिय हिसाबले बिहीबारको खेलको महत्व सेमिफाइनल बराबर छ । यो खेल जित्ने टोली एसिया कपको फाइनलमा पुग्नेछ भने पराजित हुने टोली सुपर फोर चरणबाटै बिदा हुनेछ ।

यो खेल रद्द भएर दुबै टोलीले अंक बाँडेको अवस्थामा भने रन रेटको आधारमा श्रीलंका फाइनलमा पुग्दा पाकिस्तानको यात्रा टुंगिनेछ । श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार बिहीबार अपरान्ह सवा तिन बजे यो खेल सुरु हुनेछ । विजेताले फाइनलमा भारतको सामना गर्नेछ ।

सुपर फोरमा लगातार दुई खेल जितेको भारत एक खेल अगावै फाइनल पुगिसकेको छ । सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई सहजै पराजित गरेको भारतले बंगलादेशसँग खेल्न बाँकी छ । तर यो खेल भारतको लागि औपचारिकता मात्रै हुनेछ भने बंगलादेशलाई सान्तोना जितको अवसर हुनेछ ।

समुहमा भारतको दुई खेलबाट ४ अंक छ भने श्रलिंका र पाकिस्तानको २–२ अंक छ । बंगलादेशले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार ०८:३९

लोकप्रिय