सूचनाको शक्ति - The Power Of Information

        

कश्मिरमा आतंककारी हमलामा कर्णेलसहित तीन सैनिक मारिए

भारतको कश्मिरमा आतंककारी आक्रमणमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना सुरक्षाकर्मी मारिएका छन् ।

कम्मिरको अनन्तनाग जिल्लाको कोकरनाग भन्ने स्थानमा बुधबार भएको आक्रमणमा सेनाका एक कर्णेल र एक जना मेजर तथा प्रहरीका एक जना डीएसपी मारिउका हुन ।

मारिनेहरुमा कर्णेल मनप्रित सिंह, मेजर आशषि र जम्मु कश्मिर प्रहरीका डीएसपी हुमायुँ भट्ट रहेका छन् । आतंककारीहरुले उनीहरु चढेको गाडीमा अचनाक हमला गरेपछि भएको गोली हानाहानमा उनीहरु मारिएका छन् ।

उच्च सुरक्षाकर्मीहरु मारिएपछि बुधबार साँझदेखि ब्यापक अपरेशन सुरू गरेको बताइएको छ । लस्कर ए तोइबा नामक मुश्लिम आतंककवादी संगठनले आक्रमणको जिम्मा लिएको छ ।

कश्मिरमा लामो आतंककारी हमला भएको र उच्च तहका सुरक्षाकर्मीहरु मारिएका हुन ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार ०८:३६

लोकप्रिय