सूचनाको शक्ति - The Power Of Information

        

आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती

 नेपालमा पत्रकारिता शुरुआत गर्ने व्यक्तित्व एवम् राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उहाँको विसं १९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनु भएको छ ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको शुरुवात भएको हो ।

राष्ट्रिय विभूतिसमेत रहेका भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो । तत्कालीन समयमा नेपाली साहित्यमा उहाँले गर्नु भएको योगदान अतुलनीय छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार ०८:३१

लोकप्रिय