सूचनाको शक्ति - The Power Of Information

        

शिक्षक बन्न स्नातक अनिवार्य !

अब विवद्यालयमा शिक्षक बन्न कम्तीमा स्नातक तह उत्तीर्ण हुनैपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक तोकिएको हो ।

यसअघि तीन तहका शिक्षकको व्यवस्था भए पनि अब दुई तहका शिक्षक मात्र प्रस्ताव गरिएको छ । आधारभूतका लागि न्यूनतम योग्यता स्नातक र माध्यमिकका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । शिक्षक बन्नका लागि अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स)पनि अनिवार्य गरिएको छ ।

विधेयकमा पहिलो पटक शिक्षकको परीक्षामा आन्तरिक प्रतियोगिताको व्यवस्था पनि गरिएको छ । आधारभूत तहको तृतीय श्रेणीको पदमा शतप्रतिशत खुला र माध्यमिक तृतीय श्रेणीमा ३० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्न प्रस्ताव गरिएको छ । माध्यमिक द्वितीयमा २० प्रतिशत खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १६:४७

लोकप्रिय