सूचनाको शक्ति - The Power Of Information

        

यी जिल्लाका नदी तथा खोलामा बाढीको पूर्वानुमान

देशका केही भू–भागमा आज बाढीको पूर्वानुमान रहेको छ ।

ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर र आसपासका क्षेत्र भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नुवाकोट, लमजुङ, कास्की, पर्वत, पाल्पा, म्याग्दी, बाग्लुङ, प्युठान, रोल्पा र आसपास भएर बहने केही नदी तथा खोलामा बहाव सामान्य बढ्ने पूर्वानुमान रहेको छ ।

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ रहने महाशाखाले जनाएको छ ।

यद्यपि, जलसतह सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १०:२४

लोकप्रिय