सूचनाको शक्ति - The Power Of Information

        

नेम्वाङका कान्छा छोरा आइपुगे, जेठा आइपुग्दै

दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा नेपाल आइपुगेका छन् । सोमबार राति बुवाको निधन भएपछि सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन् । केही दिनअघि मात्र उनी भ्रमणका लागि अस्ट्रेलिया गएका थिए ।

सुहाङ मंगलबाार राति साढे १० बजे काठमाडौं आइपुगेको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए । जेठो छोरा मिङ्सो नेम्वाङ आज (बुधबार) आइपुग्ने बताइएको छ । उनी बैदेशिक रोजगारीका लागि बेलायतमा बस्दै आएका छन् ।

दुवै छोरा विदेशमा रहेकै कारण नेम्वाङको पार्थिव शरीरको दाहसंस्कार गरिएको छैन । अहिले उनको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । दिउँसो नेम्वाङको पार्थिव शरीर उनकै निवासमा लगिने एमालेले जनाएको छ ।

अब बेलायतमा रहेका जेठो छोरा मिङ्सो नेपाल आइपुगेपछि नेम्वाङको अन्त्येष्टिको निर्णय हुने काफ्लले जानकारी दिए । संविधान सभाका अध्यक्ष नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले बिहीबारका लागि सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १०:२१

लोकप्रिय