सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नरहने प्रस्ताव गरिएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।
उनले भने, ‘अब कक्षा १० को परीक्षा स्कुलले गर्छ र १२ को मात्रै बोर्डले गर्छ, एसइई हुँदैन ।’ बिसं. १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो ।
८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेर सामान्य संशोधन गरेको थियो ।
विद्यालयको तहगत संरचनालाई परिवर्तन गरेर प्रारम्भिक बालकक्षादेखि ८ लाई आधारभूत तह र ९ देखि १२ लाई माध्यमिक तहको रुपमा निर्धारण गरेको थियो ।
त्यसपश्चात कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को परीक्षालाई विद्यालय शिक्षाको अन्तिम परीक्षा बनाएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं