सूचनाको शक्ति - The Power Of Information

        

लिबियामा समुद्री आँधी र बाढीमा परी २३ सयको मृत्यु, १० हजार वेपत्ता

लिबियामा आँधी पछी आएको बाढीमा १० हजार मानिस बेपत्ता भएका छन् ।

हालसम्म २३ सयको मृत्यु भइसकेको छ । लिबिया हालै आएको आँधी र बाढीले डेर्नाको दुइवटा बाँध र चार वटा पुल भत्केपछि लिबियाको डेर्ना शहरको एकभाग समुद्रमा डुबेको छ ।

बाढी बस्ती बस्तीमा पस्दा हजारौ मानिस घरभित्र थुनिएका छन् । हजारौं उद्धारकर्मीहरुले समुद्रमा बगाएकाहरुको शव निकाल्ने प्रयास जारी राखेका छन् ।

लिबियाको पुर्वी क्षेत्रका बेनगाजी, सुसा, बडेर्ना शहर समुद्री आँधीपछि आएको बाढीका कारण अस्तब्यस्त बनेको छ । अमेरिका, जर्मनी, इरान, इटली, कतार र टर्कीले लिबियालाई आर्थिक सहयोग घोषणा गरेका छन् ।

शहरका अधिकांश आवासियक भवनहरु ध्वस्त हुँदा भग्नावशेषमा सयौं च्यापिएका छन् । आँधीपछि समुद्री पानीको सतह १० फिटसम्म बढेको बताईएको छ

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ०८:२६

लोकप्रिय