सूचनाको शक्ति - The Power Of Information

        

संविधान सभाका अध्यक्ष नेम्वाङको भोलि अन्तिम संस्कार

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसोसम्म एमाले पार्टी कार्यालय मुख्यालयमा राखिने भएको छ । बुधबार दिउँसोपछि उनको निजी निवास बालुवाटारमा राखिने जनाइएको छ ।

बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि मंगलबार बिहानदेखि उनको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा राखिएको छ ।

नेम्वाङको बिहीबार बिहान मात्रै अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि धार्मिक, सांस्कृतिक तथा पारिवारिक विधिहरु पूरा गर्नुपर्ने भएकाले बुधबार दिउँसो १ बजेपछि पार्थीव शरीर निजी निवासमा राखिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए ।

प्रतिनिधि सभा सदस्य एवम् एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ मंगलबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । उनलाई मंगलबार बिहान १ः५० बजे त्रिवि शिक्षण अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ०७:१३

लोकप्रिय