सूचनाको शक्ति - The Power Of Information

        

१६ दिनदेखि बेपत्ता सेनाका मेजरको शव भेटियो

सोह्र दिनदेखि बेपत्ता रहेका डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ बर्षिया मेजर बिमल पण्डितको शव त्रिपुराकोट नगरपालिका–५ खदाङस्थित भेरी नदीमा फेला परेको छ ।

त्रिपुराकोट नगरपालिका–५ खदाङस्थित भेरी नदीमा फेला परेको शव मेजर पण्डितको रहेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरिक्षक रुद्रबहादुर शाहीले पुष्टी गरे ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याउन लागिएको उनले जानकारी दिए । भदौ ११ गते ब्यारेकबाट एक्लै निस्किएका ३८ वर्षिय मेजर पण्डित गाडी रिजर्भ गरेर त्रिपुरा पुगेका थिए ।

काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाछी घर भई हाल डोल्पामा कार्यरत मेजर पण्डित इभिनिङ् वाक जाने भन्दै भदौ १० गते हतार हतारमा साँझ पख गुल्म छोडेका थिए ।

त्यहाँबाट उनी सम्पर्कविहीन भएका थिए । सबैतिर उनको खोजी भइरहेको थियो । सम्पर्कविहीन भएको १६ औं दिनमा मेजरको शव करिब दुई हप्तापछि फेला परेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ०७:०५

लोकप्रिय