सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा तीन लाख नेपाली रूपैयाँसहित एक भारतीय पक्राउ

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट भाद्र २५ गते सशस्त्र प्रहरीले ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने ३० वर्षिय ईस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाह) बाँकेले नियन्त्रणमा लिएको हो ।

भारतबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ र मोटरसाईलकसहित आवश्य कारबाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।

मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ०७:०४

लोकप्रिय