सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० भदौ २७ गते बुधवारको राशिफल

२०८० भदौ २७ गते बुधवार, १३ सेप्टेम्बर २०२३ । भाद्र कृष्णपक्ष चतुर्दशी तिथि । मघा नक्षत्र । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम गर्ने मौका आउला । प्रतीक्षित नतिजा सबल नै रहनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

फाइदा मात्र हेर्दा आलोचित भइनेछ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ । हतारको निर्णयले हानि हुन सक्छ, आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । आफन्तमा मतभेद देखिए पनि परिवारजनको सहयोगले काम बन्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । प्रतिस्पर्धामा उत्रनुपर्ला । सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ । अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ । लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ । तर खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम सम्पादन हुनेछ भने जिम्मेवारी समेत बढ्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । समय र कामको तालमेल नहुँदा केही पछि परिनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन् । उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला । तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ । फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । नियमित कामलाई निरन्तरता दिन सकिनेछ । जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ । काममा धन र श्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

समय लागे पनि काम बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । व्यापारमा आम्दानी बढाउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । स्वास्थ्य समस्या र शत्रुबाधा देखापर्ने हुँदा काम रोकिन सक्छ । तापनि मिहिनेतले उपलब्धि दिलाउनेछ । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । काममा व्यस्तता बढे पनि अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ०६:४०