सूचनाको शक्ति - The Power Of Information

        

नेम्वाङको अन्त्यष्टि बिहीबार

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने भएको छ ।

नेम्वाङका दुई छोराहरू विदेशमा रहेको र उहाँहरू भोलिसम्म आइपुग्ने भएकाले पर्सि बिहीबार अन्त्यष्टि गर्न लागिएको हो । नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो।

बुधबार पनि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राखिने जनाइएको छ । सरकारले नेम्वाङको राजकीय सममानका साथ अन्त्यष्टि गरिने र अन्त्येष्टि गरिने दिन सार्वजनिक बिदा दिने निर्णय मंगलबार गरिसकेको छ ।

गएराति घरको शौचालयमा लड्न भएका नेम्वाङलाई राति साढे १ बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले मंगलबार बिहान ३ बजे मृत घोषणा गरेका थिए।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १८:१९

लोकप्रिय