२०८३ वैशाख ११ , शुक्रबार 24, April 2026, Friday

बाँकेमा ७६ जना सञ्चारकर्मीको मिर्गौला परीक्षण

सत्यपाटीसत्यपाटी । बाँके । २०८० भदौ २६ गते मंगलबार

नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त ‘चाचाजी’ को ९५औं जन्मजयन्तीका अवसरमा मंगलवार नेपालगञ्जमा सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण गरिएको छ । ७६ जना सञ्चारकर्मीले मिर्गौला परीक्षण गराएका छन् ।

युनियन बाँके र पन्नालाल गुप्त स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा मिर्गौला परीक्षण गरिएको हो । सेन्ट्रल सिटी हस्पिटल परिसरमा बिहान मिर्गौला परीक्षण कार्यक्रमको उदघाटन गरिएको थियो । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्व एवम् युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

वरिष्ठ उपाध्यक्ष केसीले स्वर्गीय चाचाजीले आफ्नो जीवनकालमा सधैं साइकल चलाउने गरेको स्मरण गर्दै स्वस्थ हुन नियमितरुपमा साइकल चलाउनुपर्ने बताए । युनियन बाँकेका अध्यक्ष ढकालले सञ्चारकर्मीका लागि विगतका बर्ष जस्तै यसपटक पनि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम राखेको बताए ।

कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष केसी, गुप्तका छोरा एवम् पन्नालाल गुप्त स्मृति प्रतिष्ठानका अध्यक्ष विजय गुप्ता, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले मन्तब्य ब्यक्त गरेका थिए ।

युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भिष्म लोधले गरेका थिए । गत बर्ष ४४ जना सञ्चारकर्मीले मिर्गौला परीक्षण गराएका थिए ।

प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार