२०८३ वैशाख ११ , शुक्रबार 24, April 2026, Friday

साहित्यकार राजेन्द्र पराजुलीको निमोनियाका कारण निधन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २६ गते मंगलबार

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ ।

केही दिनदेखि निमोनियाबाट ग्रस्त भएर उनी ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमै उनको आज बिहान निधन भएको बताइएको छ ।

स्व. पराजुलीको आजै दिउँसो २ बजेपछि पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौँको कोटेश्वरमै जन्मेका पराजुली मूलतः आख्यानकार थिए । यसका साथै साहित्यिक पत्रकारिता र पत्रकारितामा समेत उनी सक्रिय थिए ।

उनका ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चश्मा’ लगायत दर्जनौँ कृति प्रकाशित छन् ।

प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार