सूचनाको शक्ति - The Power Of Information

        

लिवियामा समुद्री आँधी र बाढीका कारण हजारौंको मृत्यु

लिवियामा आँधी र बाढीले हजारौं मापनसको मृत्यु भएको आशंका गरिएको छ ।

लिवियाको पुर्वी क्षेत्रका बेनगाजी, सुसा, बायदा, अलमार्ज र डेर्ना शहर समुद्री आँधीपछि आएको बाढीका कारण अस्तव्यस्त भएका छन् । आँधीपछी आएको बाढीमा पाँच हजार भन्दा बढी बेपत्ता भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सयौं सवारीसाधन क्षतिग्रस्त हुनुका साथै डेर्ना शहरमा पुराना बाँधहरु फुटेपछी बाढी पुरै शहरमा पसेको हो । जसका कारण हजार बढी घर डुबानमा परेका छन् ।

शहरका अधिकांश आवासियक भवनहरु ध्वस्त हुँदा मानिसहरू भग्नावशेषमा च्यापिएका छन् । लिवियाका प्रधानमन्त्री ओसामा हमादका अनुसार आँधीले हालसम्म २ हजारको मृत्यु भईसकेको छ । आँधीपछि समुद्री पानीको सतह १० फिटसम्म बढेको बताइएको छ ।

आँधी र बाढीका कारण हजारौं मानिस घरभित्रै थुनिएका छन् भने सञ्चार सम्पर्क बिच्छेद हुँदा उद्धार तथा मृतक, घाइते र बेपत्ताको तथ्यांक संकलनमा कठिनाई भएको लिविया सरकारले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०९:३६

लोकप्रिय