२०८२ कात्तिक २३ , आइतबार 9, November 2025, Sunday

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

सत्यपाटी
सत्यपाटी । चितवन
२०८० भदौ २६ गते मंगलबार

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएकाे छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेपछि बन्द भएकाे सडक केहीबेर अघिदेखि सञ्चालनमा आएकाे हाे ।

बिहान साढे ६ बजेतिर खसेको सुक्खा पहिरो पन्छाएपछि गाडी आवतजावत शुरु भएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर 

प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार