सूचनाको शक्ति - The Power Of Information

        

प्रकाशको ` जाले रुमाल फाट्यो´ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा (भिडियो)

गायक प्रकाश सपुतको निर्देशन ,कथा र रचना रहेको गीत `जाले रुमाल फाट्यो´युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ। १८ लाख बढीले हेरिसकेको उक्त गीतलाई गायिका समीक्षा अधिकारीले गायकी छिन् ।

गीतमा प्रकाश सपुतको शब्द र सङ्गीत रहेको छ। २ वर्ष अगाडी रिलिज भएको गीत ‘कुरा बुझ्न पर्च’ को पार्ट २ को रुपमा यसलाई रिलिज गरिएको हो। नवराज उप्रेतीको छायाङ्कन, प्रवीण भट्टको सम्पादन रहेको भिडियोलाई सुनिल विकले सह निर्देशन गरेका छन्।

सकारात्मक प्रतिक्रिया बटुलिरहेको गीतको भिडियोमा नायिकाद्दय स्वस्तिमा खड्का, आँचल शर्मा , प्रकाश सपुत , गौरव पहारी लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०७:५८