सूचनाको शक्ति - The Power Of Information

        

आज कहाँ कहाँ हुँदैछ चट्याङसहित वर्षा ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।

देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०७:३४

लोकप्रिय