सूचनाको शक्ति - The Power Of Information

        

हिजोदेखि ज्वरो थियो, राति बाथरुममै ढलेका थिए नेम्वाङ

नेकपा एमालेका नेता तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति बाथरुम जाने क्रममा लडेको पारिवारिक स्रोतले जनाएको छ । ‘उहाँमा हिजो सामान्य ज्वरो आएको थियो,’ स्रोतले भन्यो, ‘भाइरल हो कि भन्ने आशंका गरियो । राति एक्कासी हृदयघात भएको रहेछ ।’

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार १ बजेर १० देखि २० मिनेटको बीचमा हृदयघात भएको अनुमान छ । बालुवाटारमा बस्ने नेम्वाङलाई तत्कालै अस्पताल लगिएको थियो । ‘हामीले करिब १ बजेर ४० मिनेट जाँदा अस्पताल पुर्याइसकेका थियौँ,’ स्रोतले भन्यो, ‘करिब एक घण्टापछि अस्पतालले मृत घोषणा गरेको थियो ।’

राति बाथरुम जाने क्रममा ढलेको हुन सक्ने अनुमान गरिएको छ । नेम्वाङको निधनपछि बिहानीपख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । नेम्वाङको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालयमा राखिँदैछ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०७:१७

लोकप्रिय