२०८३ जेठ ७ , बिहीबार 21, May 2026, Thursday

शेयर बजार ४४ अङ्कले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २५ गते सोमबार

शेयर बजार आज साेमवार पनि बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा होटल, जलविद्युत्, लघुवित्त र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको प्रमोटर शेयर झन्डै आठ प्रतिशतले घटेको छ । आज ४७ लाख ४२ हजार कित्ता शेयर एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको छ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार