सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित राजस्वका अधिकृत पक्राउ

बाँकेको नेपालगन्ज विमानस्थलबाट राजस्व अधिकृत स्रोत नखुलेको २६ लाख नगदसहित पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन् ।

आज बिहान नेपालगन्ज विमानस्थलबाट काठमाडौं उड्न लागेका सापकोटालाई २६ लाख नगदसहित पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनले भने, ‘सापकोटको झोलाबाट स्रोत नखुलेको रकम बरामद भएको छ ।’

प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । सापकोटा श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका थिए । सापकोटाको साथमा रहेको स्रोत नखुलेको रकम घुस रकम हुन सक्ने आँकलन गरिएको छ । कर अधिकृत सापकोटासँगै रहेका आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको प्रहरीले जनाएको छ ।

विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख बरामद गरिएको हो । सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्ज बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १०:४८

लोकप्रिय