सूचनाको शक्ति - The Power Of Information

        

मुस्ताङकाे कागखोलालाई पुरानै धारमा फर्काइयो

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलालाई पुुरानै धारमा फर्काइएको छ ।

गएकाे साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो। बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको वारागुुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुुरुङले जानकारी दिनुुभयो ।

‘करिब २० दिन डोजर परिचालन गरेर खोलालाई प्राकृतिकरूपमा बगेको धारमा फर्काइएकाे छ,’ उहाँले भन्नुुभयो, ‘क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएका छाैँ ।’ बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको अध्यक्ष गुुरुङले बताउनुुभयो ।

खोला वारपार गर्न काठको प्रयोग गरेर अस्थायी पुल बनाइएको छ । बस्तीमा पसेको बाढीलाई पन्छाउन डोजर परिचालन गरिएको छ । घरभित्र पसेको लेदो फाल्ने र सरसफाइ गर्ने कामलाई तीव्रता दिइएको स्थानीयवासी धारा गुुरुङले बताउनुुभयो ।

स्थानीयवासीहरूले श्रमदान गरेर कागबेनीदेखि तिरी गाउँ जाने बाटोमा कालीगण्डकी नदीमाथि काठको पुल बनाइएको छ । पुल बनेपछि तिरीका ३० भन्दा बढी घरधुरीलाई कागबेनी आवतजावत गर्न चार घण्टाको घुुमाउरो बाटो हिँड्नुुपर्ने बाध्यता हटेको छ ।

कागखोलामै अस्थायी काठको पुल बनाएर जोमसोम–कोरला सडकमा साना गाडी आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । जोमसोम–कोरला सडकमा यातायात सञ्चालन भएको छ ।

भवनमा बाढी पसेपछि बन्द भएको कागबेनीको जनशान्ति माविको पठनपाठन दश दिनपछि सञ्चालनमा आएको शिक्षक मनवीर किसानले बताउनुुभयो । खानेपानी र विद्युत् आपूर्ति सञ्चालन भइसकेको छ । कागबेनीको बाढी व्यवस्थापन गर्न छिमेकी गाउँपालिका, स्थानीयवासी, सुरक्षा निकायले सघाएका गाउँपालिका अध्यक्ष गुुरुङले बताउनुुभयो ।

गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले कागखोलाको बाढीबाट एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ । नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ वटा गरी भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख रुपैयाँ बराबरको क्षति पुगेको विवरण सङ्कलन गरिएको छ।

व्यक्तिका ५० वटा घरमा ५२ करोड रुपैयाँभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । याे बाढीबाट २९ वटा घरमा पूर्ण क्षति पुगेको छ । नौवटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति पुगेको तथा बाढीले बगाउँदा २४ वटा पशु चौपाया पनि मरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ०९:२४

लोकप्रिय