२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप, प्रहरीले लिएन निवेदन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २५ गते सोमबार

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ।

आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ।

पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ।

कालीमाटीस्थित महिला सेल पुगेका पीडित पक्षले सोमबार रितपूर्वक निवेदन लिएर आउने बताएका थिए। एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।

प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ। परिसरका प्रवक्ताले एसपी कुमोद ढुंगेलले आफूले पनि सो विषय हल्का जानकारी पाएको तर निवेदन दर्ता नभएको बताए।

प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार