सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

तस्करीबाट आएको सुन ।

६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक भन्सार अधिकृत र दुई नायब सुब्बा रहेका छन् ।

पक्राउ पर्नेहरुमा भन्सार अधिकृत पुष्पा जोशी र नायब सुब्बाद्वय वीरेन्द्र नेपाली र कमल परियार रहेका छन् । उक्त सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सुन बाहिरिएको थियो । मोटरसाइकलको ब्रेक सुमा लुकाएर तस्करी गरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

हाल सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतवार ०९:२२

लोकप्रिय