नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० केजीभन्दा बढी सुन तस्करी प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ रहेको प्रहरीले जनाएको छ । उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन्। उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेका सफरलाई सीआईबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने बताइएको छ ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।
६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
राजस्व विभागले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ गते सीआईबीलाई जिम्मेवारी सुम्पिएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ