सूचनाको शक्ति - The Power Of Information

        

युरोकप फुटबल छनौटमा फ्रान्स र नेदरल्याण्ड्सको सहज जित

युरोकप फुटबलको छनौट खेलमा फ्रान्स र नेदरल्याण्ड्सले सहज जित निकालेका छन् ।

बिहीबार राती भएको समुह ‘बि’ को खेलमा फ्रान्सले गणतन्त्र आयरल्याण्डलाई २–० ले हराउँदा नेदरल्याण्ड्सले ग्रिसमाथि ३–० को जित निकाल्यो । यो समुहमा ५ खेलबाट फान्सले १५ अंक जोड्दा ३ खेलबाट ६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ ।

उता समुह ‘एच’ को खेलमा डेनमार्कले सान मारिनोलाई ४–० ले पराजित गर्दा स्लोभेनियाले नर्दन आयरल्याण्डमाथि ४–२ को जित निकाल्यो । गएरातिको खेलमा काजखस्तानलाई १–० ले हराएको फिनल्याण्ड यो समुहको शिर्ष स्थानमा रहेको छ । उसको ५ खेलबाट १२ अंक छ । समान खेलबाट १०/ १० अंक जोडेका डेनमार्क र स्लोभेनिया क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

युरोकप फुटबलकै अन्य खेलहरुमा पोल्याण्डले फारो आइल्याण्डलाई २–० ले हराउँदा हंगेरीले सर्वियामाथि २–१ को जित निकाल्यो । चेक रिपब्लीकले अल्कानियासँग १–१ गोलको बराबरी खेल्दा लिथुआनिया र मोन्टेनेग्रोले २–२ गोलको बराबरीमा चित्त बुझाए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार ०८:२४

लोकप्रिय