२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० भदौ २२ गते शुक्रबार

काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । महानगरको वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा हिजो ग्राण्डी अस्पतालमा निधन भएपछि महानगरले आज महानगरपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीले विज्ञप्ति निकालेर आज शोक बिदा रहेको जानकारी दिए । वडाध्यक्ष रिजालको निमोनियाका कारण हिजो निधन भएको थियो ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार