सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० भदौ २२ गते शुक्रवारको राशिफल

२०८० भदौ २२ गते शुक्रवार, ८ सेप्टेम्बर २०२३ । भाद्र कृष्णपक्ष नवमी तिथि, २०ः२१ बजेपछि दशमी । मृगशिरा नक्षत्र, १६ः०९ बजेपछि आर्द्रा । चन्द्रराशि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ । अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । अरूका लागि केही रकम खर्च हुनेछ र आफ्ना लागि दिगो काम प्रारम्भ हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले महत्त्वाकांक्षी काम बन्न सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन् । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । सहयोगीका माध्यमबाट काम सम्पादन गर्न सकिनेछ । विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हाँसखेल र मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम दोहोर्याउन समय प्रतीक्षा गर्नुपर्ला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ भने अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार ०८:११

लोकप्रिय