सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरकाे सार्वजनिक शौचालयबारे राप्रपा नेपालको ध्यानाकर्षण

राप्रपा नेपाल कोहलपुर नगर समितिले कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यलाई एक विज्ञप्ति जारी गर्दै कोहलपुर चौराहामा रहेको सार्वजनिक शौचालयका विषयमा ध्यानाकर्षण गराएको छ ।

राप्रपा नेपालका नगर अध्यक्ष प्रमातकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोहलपुर नगरपालिकाको मुख्य आकर्षण चौराह र मुल चोकमै बाँके युनेस्को क्लवको सहयोगमा निर्मित अत्याधुनिक भनिएको शौचालयमा पानी उपलब्ध हुन नसकेको, सडकमा हिँड्ने बटुवा र यात्रुहरुलाई समेत सहज सेवा र कोहलपुर चौराहा क्षेत्र लागि दिसा–पिसाब मुक्तक्षेत्र बनाउने योजनाअनुसार लाखौंको बजेट लगानी गरी आकर्षक र व्यवस्थितरुपमा शौचालय निर्माण सम्पन्न भएको महिनौ दिन बितिसक्दा पनि पानीको व्यवस्थापन नहुँदा सर्वसाधारणले सास्ति पाएको उल्लेख गरिएको छ ।

कोहलपुर चौराहामा निर्माण गरिएको निःशुल्क सार्वजनिक शौचालय किन प्रयोगमा आउन सकिरहेको छैन् भन्दै नगर अध्यक्ष श्रेष्ठले सर्वसाधारण यात्रुहरुले शौचालय बन्द हुँदा सास्ती भोग्नु परेको उल्लेख गरेका छन् ।

‘कतै निःशुल्क भएर लापरबाही भएको पो हो की, या उदघाटन गर्ने समय अभावले पानीको ब्यवस्था गर्न नसकिएको हो ! यस तर्फ ध्यानाकर्षण हुन जरुरी । तत्काल आवश्यक पानीको व्यवस्थापन गरि निःशुल्क सार्वजनिक शौचालय सडक यात्री सर्वसाधारणहरुको निम्ति प्रयोगमा ल्याउन नगर प्रमुखको ध्यानाकर्षण सहित सुझाव व्यक्त गर्दछौं’ बिज्ञप्तिमा भनिएको छ ।

निर्माण योजनामा बजेट छुट्याउन सक्ने नगरले निर्माण सम्पन्न पछि सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व पनि उत्तिकै रहने भन्दै राप्रपा नेपाल कोहलपुर नगर समितिले नगर प्रमुखको ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १८:१७

लोकप्रिय