सूचनाको शक्ति - The Power Of Information

        

२४ सै घण्टा ब्रा लगाउँदा जोखिमपूर्ण ‘साइड इफेक्ट’

बाहिरी लुगा जतिसुकै राम्रो लगाए पनि यदि भित्री बस्त्र इनर वेयर शरीरमा फिट हुने भएन भने असहज मात्रै होइन स्वास्थ्यमा समेत असर पर्छ । भित्री बस्त्र त हो भनेर हेलचक्रयाइ गर्दा स्वास्थ्यमा समस्या निम्तने बताउँछन् चिकित्सकहरू ।

सामान्यतया केटीहरू के सोच्छन् भने छोटो साइजको कप भएको ब्रा लगाउनाले ब्रेस्ट लामो समयसम्म कसिलो रहिरहन्छ । साथै जतिबेलै ब्रा लगाई राख्दा फिगर पनि राम्रो हुन्छ भन्ने उनीहरूको सोचाई हुन्छ । तर, यस्तो सोचाई गलत हो ।

चौबीसै घण्टासम्म ब्रा लगाइराख्नु स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाउनाले छालाले श्वास फेर्न पाउँदैन, जसले गर्दा अनेक प्रकारका स्वास्थ्य समस्या देखिन्छ । त्यसैले अफिस या बाहिर जाने बेलामा मात्र ब्राको प्रयोग गर्ने र घरमा हुँदा ब्रा नलगाउँदा राम्रो हुन्छ ।

दिनभर ब्रा लगाउँदा हुने साइड-इफेक्ट

स्तनमा पीडा – जो महिला दिनभर ब्रा लगाई राख्छन् उनीमा अन्यको तुलनामा स्तनमा बढी पीडा हुन्छ । विशेषगरी त्यो महिलाहरुमा यस्तो समस्या हुन्छ जसले साइजको ब्रा लगाउँदैनन् ।

रक्त सञ्चारमा समस्या – चौबीसै घण्टा ब्रा लगाई राख्नाले रक्त सञ्चारमा पनि अवरोध पुग्छ । धेरै कसिलो ब्रा भए स्तनका तन्तुहरू पनि नष्ट हुने खतरा हुन्छ ।

पिठ्यूँ दुख्ने – तपाईमा पिठ्यु दुख्ने समस्या छ भने त्यसको कारण ब्रा हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाइ राख्नु हुन्छ भने पिठ्यूँ दुख्ने समस्याले सताउने गर्छ । विशेषगरी त्यो महिलामा यो समस्या देखिन्छ जो सानो साइज र धेरै टाइट ब्रा लगाउँछन् ।

छालामा समस्या – चौबीसै घण्टा ब्रा लगाउनाले छालाको समस्या पनि हुन सक्छ । चिलाउने, जलन, असहज हुनु ।

रातो बिमिरा आउने (हाइपरपिग्मेन्टेशन) – धेरै समयसम्म ब्रा लगाउने महिलामा अत्यधिक मात्रामा रातो बिमिरा आउने खतरा रहन्छ ।

फंगस फैलिने आंशका – चौबीसै घण्टा ब्रा लगाइ राख्नाले शरीरमा मोइस्चर बन्छ । जसले गर्दा फंगस फैलिने आशंका बढेर जान्छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:३२

लोकप्रिय