सूचनाको शक्ति - The Power Of Information

        

यौन स्वास्थ्यका लागि व्यायाम महत्वपूर्ण

धेरै मानिसलाई थाहा छ, राम्रो स्वास्थ्यको लागि व्यायाम महत्वपूर्ण हुन्छ । तर धेरैलाई थाहा नहुन सक्छ, तन्दुरुस्ती यौन स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ । नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार मोटोपन तथा व्यायामको कमीकै कारण ४३ प्रशितशत महिला र ३१ प्रतिशत पुरुषमा यौन दुर्बलता रहेको छ ।

जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक अध्ययनले कम्मर मोटो भएका ५० प्रतिशत पुरुषमा नपुंशकता जस्तो समस्या र त्यसको आधा जति मोटोपन भएका महिलामा यौनेच्छा, यौन क्रियाकलाप र कार्यमा समस्या देखाएको छ । अध्ययनअनुसार हरेक साता ६ घण्टा व्यायाम गर्ने महिलामा व्यायाम नगर्ने भन्दा कम यौन समस्या देखिएको छ ।

साथै व्यायाम गर्ने महिलामा यौनेच्छा बढी भएको, कामोत्तेजना उल्लेख्य रहेको तथा यौन चरमतामा पनि पुगेको अध्ययनले देखाएको छ । ‘यो एक मेडिकल समस्या हो जसमा हामीले कसैको समग्र स्वास्थ्यको हितका रूपमा व्यवहार गर्नुपर्छ,’ लस एन्जलस सेडर्स–सेनाइ मेडिकल सेन्टरका युरोलोजिस्ट तथा यौन विज्ञ डा.करिन एलिबरले भने, ‘तर अझै पनि यस विषयमा कुत्सित मानसिकता रहेको छ ।’

यौनको महत्व प्रजनन क्रियामा मात्र नभएर यो मानव बन्नका लागि एक संवेदनशील अंग हो । गुणस्तरीय यौन क्रियाकलापले व्यक्तिको मानसिक तथा भावनात्मक स्वास्थ्य, गुणस्तरीय जीवन र सम्बन्धमा प्रगाढपन ल्याउँछ । अध्ययन श्रृङ्खलाहरूले विभिन्न पक्षको सकारात्मकताका लागि यौन संवेदनशील पक्ष रहेको देखाएका छन् । यौनले एकअर्कामा विश्वास, एकअर्कालाई बुझ्ने तथा ध्यान दिने लगायतका सकारात्मक व्यवहार हुने अध्ययनहरूले देखाएका छन् ।

यहाँ नियमित व्यायामले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने प्रभाव प्रस्तुत गरिएको छ ।

सर्कुलेसनलाई बुस्ट गर्छ

एरोबिक व्यायामले तपाईँको रक्तसञ्चारमा महत्वपूर्ण सकरात्मकता ल्याउँछ । यसले रगतको वहावलाई राम्रो बनाउने तथा स्वस्थ रक्तसञ्चार प्रणाली निर्माण गर्न सघाउ पु¥याउँछ । यसले पुरुषमा यौनउत्तेजना बढाउने, लिङ्गको कडापन थप्ने तथा महिलाको योनीमा चिप्लोपना थप्ने काम गर्छ ।

सहनशीलता बढाउँछ

नियमित कसरत वा व्यायाम गर्नाले अझ सहनशीलता बढ्छ । जुन यौन स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ, किनभने यौन आफैँमा कसरत हो । मायो क्लिनिकले एकपटकको संभोगलाई दुई वा तीन सिँढी चढाइ भनेर तुलना गरेको छ । त्यस्तै नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार आधा घण्टासम्मको यौन क्रियाकलापले पुरुषको १२५ क्यालोरी र महिलाको करिब १०० क्यलोरी खर्च हुन्छ । यो प्रतिघण्टा ३ माइलका दरले हिँडेसरह हो ।

आत्मविश्वास बढाउँछ

नियमित व्यायाम गर्ने बानी बसालेपछि तन्दुरुस्त महसुस हुन्छ । यसले आफ्नो आत्मविश्वासलाई जगाउँछ । ‘आत्मविश्वास भन्दा अरू सुन्दर कुरा हुँदैन’, डा. एल्बर भन्नुहुन्छ । २०१९ मा जर्नल अफ पर्सनालिटीमा प्रकाशित अध्ययनले आत्मविश्वास भएका महिला तथा पुरुष बढी रोमान्टिक हुने देखाएको छ । यसले यौन जीवनमा पनि सकारात्मक असर गर्छ ।

तनाव कम गराउँछ

तनाव, डर वा त्रासले कामोत्तेजना घटाउने हुन्छ । सन् २०१८ मा इन्डियन जर्नल अफ साइकाट्रीमा प्रकाशित एक अध्ययनले तनाव वा डिप्रेशनबाट यौन क्रियाकलापमा समस्या हुने, झन डिप्रेशन थपिनेलगायतका समस्या हुने देखाएको छ । अध्ययन अनुसार यो कुरा यौनेच्छा तथा सन्तुष्टिमा आएर स्पष्ट रूपमा प्रकट हुन्छ । तर नियमित व्यायामले डिप्रेशन, तनाव तथा त्रासबाट मुक्ति मिल्छ । त्यस्तै यसले यौन चाहनालाई पनि पुनर्जीवित पार्छ ।

समग्र स्वास्थ्यमा सुधार ल्याउँछ

नियमित व्यायामले समग्र स्वास्थ्यमा सुधार ल्याउँछ । कसरतले कतिपय ठूला रोगहरूसँग लड्न पनि मद्दत पु¥याउँछ । उच्च रक्तचाप तथा मधुमेह जस्ता रोगलाई निवारण गर्न पनि यसले मद्दत गर्छ । उच्च रक्तचाप र मधुमेहले लिङ्ग उत्तेजना हुने संवेदनशीलतालाई बिगार्ने हुन सक्छ । वास्तवमा लिङ्गमा हुने उत्तेजनाको समस्या पनि उच्च रक्तचाप र मधुमेहका पहिलो असरमध्ये एक हो । हरेक व्यक्तिअनुसार यौन स्वास्थ्य राम्रो गर्न कति कसरी कसरत वा व्यायाम गर्नुपर्छ फरक पर्छ ।

त्यसैले विज्ञ परामर्शदाताको सल्लाह लिन राम्रो हुन्छ । विज्ञहरू नियमित हिँडाइ (मर्निङ वाक–इभनिङ वाक) ले पनि यौन स्वास्थ्यलाई सकारात्मक बनाउन सक्ने बताउँछन् । त्यसैले आवश्यकता भन्दा बढी नगर्ने कुरामा पनि ध्यान दिनुपर्छ । अन्त्यामा, डा.एल्बरको यो भनाइ मनन गर्न जरुरी छ, ‘प्रयोग गर्ने वा गुमाउने’ भन्ने शब्दावलीमा केही पक्कै छ । तपाईँका गुप्त अङ्गहरू पनि अन्य भागका अङ्ग जस्तै हुन् । यदि तिनलाई प्रयोग गर्नुहुन्न भने तिनका कार्य गुमाउनु हुनेछ ।’

स्रोत : एजेन्सी
प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:३०

लोकप्रिय