सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा राँगा र भैँसीको संख्या घट्यो

नेपालमा राँगा र भैँसीको संख्या घट्दै गएको देखिएको छ । पशुपालनमा आबद्धमध्ये भैँसी र राँगा पाल्ने किसानको संख्या पनि घट्दै गएको देखिएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा राँगा र भैँसीको कुल संख्या २९ लाख २३ हजार छ ।

यसअघि २०६८ को कृषि गणनामा राँगा र भैँसीको संख्या ३१ लाख ७४ हजार थियो । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार १० वर्षमा राँगा र भैँसीको संख्या २ लाख ५१ हजारले घटेको हो ।

विवरणअनुसार राँगा र भैँसी पाल्ने किसानको संख्यामा पनि ठूलो गिरावट आएको छ । २०६८ सालमा राँगा र भैँसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेको थियो ।

२०७८ को नयाँ गणनामा यस्तो परिवार संख्या १४ लाख १७ हजारमा सीमित भएको छ । १० वर्षको अवधिमा २ लाख ५२ हजार परिवारले राँगा र भैँसी पाल्न छाडेका देखिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १४:५३

लोकप्रिय