‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, किन छैन? नहुने भन्ने के छ र?’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बुधबार चितवनमा दिएको अभिव्यक्ति हो यो।
आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समर्थनमा सभामुखको उम्मेदवार बन्न लागेको हो भन्ने पत्रकारहरू प्रश्नमा शशांकले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ। पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौं, उहाँहरूको विचार सुनौं अनि मात्रै निर्णय गर्छु।’
विधानको व्यवस्थाअनुसार चार वर्षमा महाधिवेशन भए अझ १५औं महाधिवेशन हुन २७ महिना बाँकी छ। तर, २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको महाधिवेशन विधानको व्यवस्थाअनुसार चार वर्षमा कहिल्यै भएको छैन।
बरू विधानलाई पटकपटक मिच्दै आएको कांग्रेसले संवैधानिक व्यवस्थाअनुसारको समय लिएर मात्र महाधिवेशन गर्ने गरेको छ। तर, कांग्रेसका नेताहरूले महाधिवेशनको जोडघटाउ अहिलेदेखि थालेका छन्।
१४औं महाधिवेशन भएको २१ महिनामा विधानअनुसार कांग्रेसले कुनै काम गरेको छैन। तर, १५औं महाधिवेशनमा उम्मेदवार बन्ने र नेतृत्व हत्याउने होड कांग्रेसमा अहिलेदेखि नै सुरु भएको हो।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ