सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा १३ लाखको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके तथा गण मातहतका युनिटहरुले बाँके जिल्लाको विभिन्न स्थानबाट १२ लाख ९४ हजार ४ सय २५ रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट गणले करीव ३ लाख ३७ हजार ९ सय २० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, १ लाख ४९ हजार ६ सय रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ ।

यसैगरी प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाहा) बाँकेले नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहाबाट १ लाख ६२ हजार ९ सय ६० रुपैयाँ राबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १५ पिप्रहवाबाट बिओपी जयसपुर बाँकेले १७ हजार ९ सय रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक्स र लत्ताकपडा, बिओपी बढैयाँ बाँकेले जानकी गाउँपालिका १ शिवपुरीबाट ५ लाख ५० हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा र ५० हजार रुपैयाँ बराबरको ५ सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।

यसैगरी बिओपी खडैचा बाँकेले डुडुवा गाउँपालिका १ नयाँ बस्तीबाट ३५ हजार ३ सय ४५ रुपैयाँ बराबको सुर्तीजन्य तथा पेय पदार्थ, किराना सामान र बिओपी कट्कुईया बाँकेले नरैनापुर गाउँपालिका १ सुईयाबाट ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा बिओपी गंगापुर बाँकेले नरैनापुर गाउँपालिका १ मटैयाबाट १३ हजार २ सय रुपैयाँ बराबरको बोईलर कुखुराको मासु बरामद गरेको छ ।

बरामद सामान नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ भने बोईलर कुखुराको मासु र मदिरा नेपाल प्रहरी, स्थानीय भद्रभलादमी र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १९:१०

लोकप्रिय