यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी)मा एसपी नवराज अधिकारीले प्रवक्ताको भूमिका निर्वाह गरिरहेका छन् । पछिल्लो पटक भक्तपुरको कमाण्ड गर्न तम्सिएका एसपी अधिकारीको कतै सरुवा भएन । त्यही प्रवक्ता भएर काम गरिरहका छन् । आफ्ना सहकर्मीलाई शक्तिको आडमा पछाडि धकेल्दै एसपी हुँदै महत्वपूर्ण जिल्ला कमाण्ड गरिसकेका अधिकारीले तेस्रो जिल्ला कमाण्ड गर्न तम्सिएका हुन् ।
स्थानीय तहको निर्वाचनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’को गृहजिल्लामा अधिकारीको सरुवा भएको थियो । २०५८ सालमा प्रहरी निरीक्षकमा नाम निकालेकाहरू अहिले नेपाल प्रहरीमा एसपी छन् । २०७५ फागुनमा उक्त ब्याचबाट पहिलो ‘लट’मा एसपी भएकामध्ये अधिकारी पनि एक हुन् । दार्चुलाको प्रहरी प्रमुख रहेका बेला उनी डीएसपीबाट बढुवा भएका थिए ।
उनी एसपी भएको झन्डै १६ महिनापछि कपिलवस्तुको प्रहरी प्रमुख बने, जतिबेला उनीभन्दा ११ महिनाअघि एसपी भएकाहरूले पहिलो पटक जिल्ला प्रमुख बन्ने पालो कुरेका बसेका बेला उनी कपिलवस्तु पुगेका थिए । कपिलवस्तुबाट सरुवा भएका अधिकारी झन्डै सात महिनामा अर्को महत्वपूर्ण मानिने जिल्ला चितवन पुगेपछि उनको शक्तिलाई धेरैले जिब्रो टोकेका थिए ।
२०७४ भदौमा मात्र महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रमुख भएर बाहिरिएका अधिकारीले त्यसपछि आकर्षक मानिने प्रहरी प्रधान कार्यालयको कल्याण शाखामा बसेर काम गरेका थिए । तर, त्यहाँ पनि उनी लामो समय बसेनन् । केही महिनापछि दार्चुला प्रहरी प्रमुख बनेर सरुवा भएका थिए । त्यहीबाट उनले छलाङ मार्न शुरु गरेका हुन् ।
अहिले उनी पुनः भक्तपुर जाने तयारीमा रहे पनि ब्रेक लागेको छ । भक्तपुर नपाएपछि उनी बढुवाअघि कुनै अर्को एक जिल्लाको कमाण्ड गरेर जाने दाउमा छन् । यसैबीच, प्रहरी प्रधानकार्यालयले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिहरेकासहित ४८ जना प्रहरी उपरीक्षक (एसपी) तथा १२० जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा ३० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
एसपी प्रमुख हुने १२ जिल्ला तथा डिएसपी प्रमुख हुने १८ जिल्लामा नयाँ नेतृत्व पुगेका छन् । जसमा सिआइबीमा सुन तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूको सरुवा भएको छ । एसपी सञ्जयसिंह थापाको कमाण्डमा सुन तस्करीको अनुसन्धान भइरहेको छ । तर, उनको सरुवा नुवाकोटमा भयो । उनी भने यो प्रकरणलाई टुंगोमा पुर्याएपछि मात्रै नुवाकोट जाने भएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं