सूचनाको शक्ति - The Power Of Information

        

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित

नेकपा एमाले लुम्बिनी प्रदेशको अधिबेशनबाट प्रदेश अध्यक्षमा विश्नु पौडेल निकट राधाकृष्ण कंडेल निर्वाचित भएका छन् ।

बुटवलमा भएको मतदानको बुधवार बिहान आएको अन्तिम मत परिणामबाट एमाले लुम्बिनी अध्यक्षका अर्का उम्मेदवार हरि रिजाललाई कंडेलले २ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचित भएका कंडेलले ४७९ मत प्राप्त गर्दा पराजित भएका रिजालले ४७७ मत ल्याए । त्यस्तै उपाध्यक्षमा पौडेल निकट रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने शंकर पोखरेल निकट रोल्पाका पूर्णबहादुर बुढामगर रिजाल प्यानलबाट उपसचिव निर्वाचित भएका छन् ।

पौडेल निकट महिला उपसचिवमा लिला राना निर्वाचित भइन् भने सचिवमा निर्विरोध निर्वाचित भएका लक्ष्मण आचार्य पनि कंडेल पक्षकै हुन् । उनी दाङका हुन् ।

एक उपसचिव बाहेक सबै पौडेल निकटका उम्मेदवारहरु निर्वाचित भएका छन् । निर्वाचित हुनेमा लेखा समितिको अध्यक्षमा दामोदर घिमिरे छन् । त्यस्तै भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १४:२०

लोकप्रिय