सूचनाको शक्ति - The Power Of Information

        

५१ वटा चार्जिङ स्टेशन उद्घाटन

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र बिस्तारको लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।

बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।

मन्त्री बस्नेतले सरकारले आज ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरिएको भन्दै आगामी दिनमा देशव्यापी रुपमा बिस्तार गर्ने योजनामा रहेको उल्लेख गर्नुभयो ।

देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेहिकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास रहेको उहाँको भनाई छ ।

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताउनु भयो ।

सरकारले जलविद्युत क्षेत्रको दीगो विकासको लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारी साधनहरुको प्रवद्र्धनको लागि सरकारले नीतिहरु निर्माण गरिहेको मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनकोे क्षेत्रलाई सरकारले कानूनी व्यवस्थामा मात्रै सिमित नभएको भन्दै व्यवहारिक जीवनमा अभियानको रुपमा अगाडि बढाउने बताउनु भयो ।

चार्जिङ स्टेशसनहरुको निर्माण नेपालको हरित दिगो विकासको यात्रामा महत्वपूर्ण सावित हुने मन्त्री बस्नेतको भनाई छ । उहाँले विद्युतीय अन्य वस्तुहरु नेपालमा नै उत्पादन गर्न सक्नुपर्ने बताउनु भयो ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १४:११

लोकप्रिय