सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० भदौ २० गते बुधवारको राशिफल

२०८० भदौ २० गते बुधवार, ६ सेप्टेम्बर २०२३ । भाद्र कृष्णपक्ष सप्तमी तिथि, २०ः०४ बजेपछि अष्टमी । कृत्तिका नक्षत्र, १४ः४४ बजेपछि रोहिणी । चन्द्रराशि वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । अर्थ अभावले पनि काममा बाधा पुग्नेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ । तर बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । स्वास्थ्यका लागि खर्च बढ्नेछ । धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ । तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ । लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर समेत दिलाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिले खर्च बढाउनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ । फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सानातिना काममा अल्झनुपर्दा मुख्य काम रोकिन सक्छ । समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ । फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । केही आम्दानी भए पनि खर्चनुपर्ने अवस्था आउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । कर्मयोगले नाम र दाम दिलाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । बाध्यताले अलमल्याउन सक्छ । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

तारिफयोग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । आफन्तको स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । तापनि मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । गरेका काम सम्पादन हुनेछन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरपर्दा काम बिग्रन सक्छ । मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ०७:२९

लोकप्रिय