२०८३ वैशाख १० , बिहीबार 24, April 2026, Friday

सुनकाे भाउ ताेलामा तीन सय रुपैयाँले र चाँदीकाे २० रुपैयाँले घट्याे

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ १९ गते मंगलबार

सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ ।

हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको एक लाख १३ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ १९ गते मंगलबार