सूचनाको शक्ति - The Power Of Information

        

सरकारले जग्गा उपलब्ध गराए महानगर रंगशाला बनाउन पहल गर्छ : बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन् ।

१६औँ संस्करणको एसिया कप क्रिकेटमा नेपालको प्रदर्शन हेरेपछि उनले सामाजिक सञ्जालमार्फत सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १ सय रोपनी जग्गा उपलब्ध गराएमा महानगर रंगशाला बनाउन पहल गर्ने बताएका हुन् ।

मेयर शाहले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन् । उनले आगामी तीन वर्षभित्र सिकाइ सुविधाका लागि हरेक वडामा बलिङ नेट राख्ने निर्णय यसअघि नै गरिसेको पनि स्मरण गराएका छन् ।

‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।

यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ,’ बालेनले लेखेका छन्, ‘र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ । त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौँ ।’

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १०:०८

लोकप्रिय