सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम :

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अननुसार मंगलबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तै, मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन् र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। महाशाखाका अनुसार मंगलबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन् र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार ०८:१५

लोकप्रिय