सूचनाको शक्ति - The Power Of Information

वर्षाले रोकिएको नेपाल भारतको खेल शुरु

केहीबेर अघि वर्षाले रोकिएको एसिया कप क्रिकेट अन्तर्गतको नेपाल भारतको खेल शुरु भएको छ ।

वर्षाले खेल रोकिनुअघि नेपालले ३७ दशमलव ओभरको खेल समाप्तीमा छ विकेट गुमाएर एक सय ७८ रन बनाएको छ ।

पछिल्लो विकेटकारुपमा गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।

त्यस्तै अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे ।

उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि  कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए ।

उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए ।

यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् ।

यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।

गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।

श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।

आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १९:१२

लोकप्रिय