सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा बरिष्ठ सईमाथि खुकुरी प्रहार

युवाहरुको समुहले नेपालगञ्जमा एक प्रहरीमाथि खकुरी प्रहार गरेको छ । युवाहरुको समुहले नेपाल प्रहरीका बरिष्ठ सई बिनोद सिंह माथि आइतवार राती खुकुरी प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार, बरिष्ठ सइ सिंहलाई आइतबार राती साढे १० बजे तिर नेपालगञ्जको कलपतरु होटल नजिक युवाहरुले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।

स्कुटीमा हिंडिरहेका सिंह कलपतरु होटल नजिक पुगेको बेला मोटरसाईकलमा आएका दुई जना युवाले स्कुटी रोकी विवाद गरेर उनीमाथि खुकुरीले आक्रमण गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, नेपालगञ्ज कोरियनपुरका दिपेन्द्र अधिकारी र जानकी गाउँपालिका १ शिवपुरीका भरत थापाले बरिष्ठ सइ सिंह माथि खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट सिंह गम्भिर घाइते भएका छन् ।

उनको दाँया हात धेरै काटिएको छ भने बाँया हात पनि काटिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

बरिष्ठ सइ सिंहले जागिरबाट राजिनामा दिएको ४ दिन मात्रै भएको छ । उनको राजिनामा स्विकृतको प्रक्रियामा रहेको बताइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १९:०७

लोकप्रिय