सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पश्चिमकाे चौरजहारीमा खाेलाले बगाउँदा दाजुबहिनीकाे ज्यान गयाे

रुकुम पश्चिमकाे चौरजहारीमा विद्यालयबाट घर फर्किने क्रममा खाेलाले बगाउँदा दाजुबहिनीकाे ज्यान गएकाे छ ।

हिजाे दिउँसाे नाउलाखोलामा आएकाे बाढीले बगाउँदा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेकाे जानकारी दिनुभयाे ।

मनाेज आधारभूत विद्यालय घर्तीकाँडाकाे कक्षा ३ मा र भावना कक्षा १ मा पढ्थिन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ०८:४९

लोकप्रिय