सूचनाको शक्ति - The Power Of Information

        

दण्डहीनताले जन्माएको अराजकता

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) आफू बसेको कुर्सीको गरिमा बिर्सेर दैनिक मैमत्त बनिरहेका छन् ।

महानगर प्रमुखको मर्यादा, सामाजिक पक्ष के हो भन्ने कुरा बालेन्द्रले सधैजसो भुल्ने गरेका छन् । महानगर प्रमुखको कुर्सीमा पुगेपछि कानूनभन्दा आफू माथि छु भन्ने दम्भले उनी सामाजिक सञ्जालमा असामाजिक हर्कत गरिरहेका छन् ।

पछिल्लो समय शनिबार राति उनले पोस्ट गरेको स्टाटस महानगर प्रमुखको मर्यादा र आचरणसँग कतै मेल खाँदैन । त्यसो त उनका यसअघिका स्टाटस पनि ‘मैमत्त’ खालकै छन् ।

बालेनको यो पछिल्लो स्टाटसको सामाजिक सञ्जालमा तीव्र आलोचना मात्रै भइरहेको छैन, उनलाई कानूनको कठघरामा उभ्याउनुपर्छ भन्ने मत पनि बलियो गरेर उठिरहेको छ । कतिपयले दम्भले सीमा नाघेको भन्दै आलोचना गरिरहेका छन् ।

केहीले बालेनको स्वास्थ्यलाभसमेत गर्न भ्याएका छन् । यी सबै अभिव्यक्तिले के देखाउँछ भने बालेन आफ्नो ट्र्याकबाट पूरै बाहिर गएको देखाउँछ । सामाजिक सञ्जालमा लेखिने कुराले व्यक्तिको व्यक्तित्व मात्रै झल्कँदैन, उसको बानी व्यवहार र सोचको पनि सामाजिक इजलासले मापन गरिरहेको छ ।

शनिबार बालेनले दिएको अभिव्यक्तिले काठमाडौं महानगरपालिकाका मतदाताले एकपटक कस्तो व्यक्ति चुनिएछ भनेर पश्चाताप गर्ने अवस्था भने बनेको छ ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ०८:००

लोकप्रिय